काठमाण्डौँ , पुस ११ :

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

 बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुनेछ ।

बैठकले समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने जनाइएको छ ।

एमालेले यही पुस २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । एमाले विधानअनुसार केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने प्रावधान छ ।