सङ्घीय मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
भूमिसुधार तथा मालपोत र नापी कार्यालय ग्रामीण भेगका सेवाग्राहीका निम्ति अपायक भएकाले सरकारले पोखरियामा मालपोत र नापी कार्यालय स्थापनाको निर्णय गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सामाजिक सञ्जालमार्फत दुई कार्यालय स्थापनाबारे भएको निर्णय सार्वजनिक गर्दै “यो महत्त्वपूर्ण कदमले पोखरिया लगायत ग्रामीण भेगमा बसोबास गर्ने सम्पूर्ण गाउँवासीलाई सरकारी सेवामा सहज पहुँच पुर्याउन ठूलो सहयोग पुग्ने मेरो विश्वास छ”, भन्नुभएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले पनि मन्त्रिपरिषद् बैठकले पर्सामा जनसङ्ख्याको चाप, सेवाको अवस्था एवं लागतलाई विश्लेषण गरेर सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन पोखरियामा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय भएको सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्छ : प्रस्तावित न्यायधीश पाण्डे