काठमाण्डौं, पुस १२ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमका नौ वटा जिल्लामा जिल्ला समिति गठन गरेको छ ।

कैलाली,बाजुरा,अछाम,बझाङ,डोटी,डडेल्धुरा,बैतडी,कंचनपुर र दार्चुला जिल्लामा जिल्ला समिति गठन गरेको रास्वपाको सुदुरपश्चिम प्रदेश प्रमुख सन्तोषराज जोशीले जानकारी दिनुभयो ।

विभिन्न मितिमा आयोजित रास्वपाको जिल्ला भेलाबाट चयन भएका जिल्ला सभापतिहरुको नेतृत्वमा जिल्ला समिति गठन भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कैलालीमा महेशकुमार चौधरी,दार्चुलामा गोपाल सिंह कोट्यारी,बाजुरामा नवराज जैशी,अछाममा आमेप्रकाश रावल,बझाङमा सत्यराज उपाध्याय,डोटीमा केशब बलायर,डडेल्धुरामा सुरेन्द्र अवस्थी,बैतडीमा भिमनाथ,कञ्चनपुरमा पदमबहादुर विष्टको नेतृत्वमा जिल्ला समिति गठन भएका छन् ।