काठमाण्डौँ , पुस १३ :

आज सङ्घीय संसद्का दुई वटा समितिको बैठक बस्दै छ । 

सङ्घीय संसद् भवन, सिंहदरबारमा बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुनेछ । बैठक अपराह्‍न १२ः १५ बजे बस्ने छ ।

त्यस्तै, बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सांसदसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।