काठमाण्डौँ , पुस १३ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिती, पार्टीको केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

रास्वपाका सभापति रवि लामिछाने विरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि अघिल्लो बैठकले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापति तोकेको थियो । त्यसपछि आज दोस्रोपटक सचिवालय बैठक बस्न लागेको हो।