काठमाण्डौं, पुस १३ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीको केन्द्रीय समितिको बिस्तारित बैठक पौष १९, २० र २१ गते बस्ने निर्णय गरेको छ ।

पार्टी कार्यलयमा आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । साथै बैठकले केन्द्रीय संगठन विभाग र केन्द्रीय अनुशासन आयोगमा सदस्यहरु समेत मनोनयन गरेको छ । 
केन्द्रिय संगठन विभागमा धर्म केसी लम्जुङ, गोपाल घिमिरे रुपन्देही र डा विमल तिवारी सिराहालाई मनोनयन गरेको छ भने केन्द्रिय अनुशासन आयोगमा अधिवक्ता कमल प्रसाद पोख्रेल नवलपरासी र अधिवक्ता हरिचन्द्र भट्टराई ताप्लेजुङलाई मनोनयन गरेको छ ।

यसैगरी आजको बैठकमा पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनितिक परिस्थितिका बारेमा समीक्षा गर्नुभएको थियो । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जिल्ला भेलाको विवरण पेश गर्नुभएको थियो ।