उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको उल्लेख गर्दै विकास निर्माण गर्दा प्रकृतिको ख्याल गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आज सोलु दूधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण गर्न नहुने उल्लेख गर्दै प्रकृतिलाई कम हानी गर्दै विकास निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।
गाउँ ठाउँलाई जोगाउने हो भने वातावरणलाई हामीले ध्यान दिनैपर्ने उहाँको भनाइ थियो । उहाँले प्रशासकीय भवन निर्माण भएपछि पालिकाको सेवा प्रवाह प्रभावकारी हुने र नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
पर्यटकीय हिसाबले सोलुखुम्बु उत्कृष्ट गन्तव्य रहेको उल्लेख गर्दै उहाँले ४० वर्ष अगाडि पिता गणेशमान सिंहसँग सोलुखुम्बु आएको स्मरण गर्नुभयो । तत्कालीन समय र अहिले हेर्दा आफूले सोलुखुम्बुमा विकास निर्माणको हिसाबले धेरै परिवर्तन पाएको उहाँको भनाइ थियो ।
अहिले व्यवस्था फेरियो अवस्था फेरिएन भन्दै गलत भाष्य बनाउन खोजिएको भन्दै उहाँले त्यो सत्य नभएको स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता र आर्थिक विकासका लागि अहिलेको सरकारले काम गरिरहेको र जनतालाई थप अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पार्नुभयो ।
उपप्रधानमन्त्री सिंहले शिलान्यास गर्नुभएको प्रशासकीय भवन पालिकाको आन्तरिक स्रोतबाट दुई वर्षभित्रै बनाइसक्ने पालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । कार्यक्रममा रक्षामन्त्री मानबहादुर राई पनि सहभागी हुनुहुन्थ्यो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान