काठमाण्डौँ , पुस १६ :

प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमाफर्त गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसारको शुभकामना दिनुभएको हो । 

उहाँले सन्देशमा भन्नुभएको छ, “संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ । सबैलाई तमु ल्होसारको शुभकामना १” सामाजिक सञ्जालमा भनिएको छ “तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यू लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झल्झली सम्झना आउँछ ।” 

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।