
काठमाण्डौँ , पुस १६ :
राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनमा शोक व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आज जारी गर्नुभएको शोक वक्तव्यमा पूर्व अमेरिकी राष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको निधनले आफुलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्नुभएको छ।
“शान्ति, मानवअधिकार, र परोपकारका क्षेत्रमा उहाँको योगदानले विश्वलाई प्रेरित गरेको छ। उहाँको परिवार र अमेरिकी जनताप्रति गहिरो समवेदना व्यक्त गर्दछु भन्नुभएको छ।”
अमेरिकाको ३९ औं राष्ट्रपति कार्टरको आइतबार एक सय वर्षको उमेरमा निधन भएको थियो ।