
काठमाण्डौं, पुस १८ :
नेकपा एमाले पार्टीबाट निष्कासनमा परेका डा भीम रावलले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछन् । पार्टीबाट निष्कासन भएपछि आफ्ना धारणाहरु राख्न पत्रकार सम्मेलन गर्न लागिएको उनका सहयोगीले बताएका छन् ।
साथै पत्रकार सम्मेलनमा भावी कार्ययोजना जानकारी गराउन लागिएको समेत बताईएको छ । नेता रावलले नयाँ पार्टी खोल्ने भन्ने चर्चा भए पनि आजको पत्रकार सम्मेलनमा नयाँ पार्टी खोल्ने नखोल्ने केही भनिएको छैन । तर उनले नयाँ पार्टी खोल्ने बिषयमा छलफल भने चलाएको बुझिएको छ ।
पत्रकार सम्मेलन कार्की ब्याङकेटमा दिउँसो १ बजे गर्ने कार्यक्रम राखिएको छ । एमालेको सचिवालय बैठकले नेता रावललाई पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।