काठमाण्डौं, पुस १८ :

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।


राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल,मलेलिया,गणतन्त्र दक्षिण अफ्रिका,बेल्जियम अधिराज्य,डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराउनुभएको हो ।

राजदूतहरू प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल,डा. नेत्रप्रसाद तिम्सिना मलेसिया,प्रा.डा.कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका,सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।