काठमाण्डौं, पुस १८ :

नेकपा एमालेको कारबाहीमा परेमा नेता डा.भीम रावलले ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम भएको र स्वेच्छाकारी ढंगबाट पार्टी चलाएको आरोप  लगाएका छन् ।

पत्रकार सम्मेलनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  नै धेरै प्रश्नहरू गर्दै  जवाफ समेत मागेका छन् ।

पार्टीबाट निष्कासनमा परेपछि आज पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै रावलले अध्यक्ष ओलीलाई  निरंकुश बन्दै गएको समेत बताउनुभयो ।  एमाले रंग खुल्लिएर बामाले बनेको समेत बताउनुभयो ।

उनले अब वैकल्पिक राजनैतिक शक्तिको निर्माण अपरिहार्य रहेको समेत बताउनुभयो ।