गृहमन्त्री रमेश लेखकले संविधानलाई कार्यान्वयन गर्दै सङ्घीय लोकतन्त्रलाई सुदृढ बनाउन वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताउनुभएको छ ।
चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएस/ जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणको आज शुभारम्भ गर्दै उहाँले सुशासन मार्फत नै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।
चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएस/ जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणलाई अन्य पालिकाले पनि सिक्नुपर्ने र कार्यान्वयनमा ल्याउनुपर्ने उहाँको भनाइ छ । त्यसका लागि संघीय सरकारले सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाका सम्पूर्ण सेवालाई ‘डिजिटाइज’ गर्दै स्मार्टसिटी बनाउने आफ्नो लक्ष्य रहेको जानकारी दिँदै यस कार्यलाई जिपिएस/ जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले डिजिटल घर नम्बर तथा सडक चोकको नामकरणका आधारमा नगरपालिकाका सबै सेवालाई क्रमशः एकीकृत गरी सेवा प्रवाह हुने प्रयास गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा सांसदद्वय राजेन्द्रकुमार केसी र कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरि नगरपालिकाका सम्पूर्ण सेवालाई ‘डिजिटाइज’ गर्दै ‘स्मार्टसिटी’ बनाउने लक्ष्यलाई जिपिएस/ जिआइएस प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान