
काठमाण्डौँ , पुस १९ :
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मन्त्री डा राणाले आज दिउँसो काठमाण्डौँको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर उहाँको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिनुभएको हो ।
परराष्ट्र सेवामा रहनुभएकी शाह वि. सं २०४४ मा भारतका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएको थियो ।