काठमाण्डौँ , पुस २० :

नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक बस्दै छ ।

बैठक आज दिउँसो ३ बजे पार्टी मुख्यालय च्यासल केन्द्रीय कार्यालयमा बोलाइएको हो ।

बैठकमा केन्द्रीय कमिटीमा प्रस्तुत हुने एजेन्डामाथि छलफल गर्ने जनाइएको छ ।

महासचिव शङ्कर पोखरेलको नेतृत्वमा रहेको एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय उपमहासचिव, सचिव र केन्द्रीय कार्यालय सचिव सदस्य रहेका छन् ।