राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
आजको बैठकले केन्द्रीय समिति, सल्लाहकार परिषद्, थिंकट्यांक, केन्द्रीय विभागको पुनः संरचना, आचारसंहिता र बैठक सञ्चालन कार्यविधि संशोधन गर्नेछ।
काठमाण्डौँमा हिजो सुरु भएको बैठकले आगामी माघ दुई गतेदेखि पार्टी सङ्गठन निर्माण अभियान सुरु गर्ने निर्णय गरेको छ।
पहिलो दिनको बैठकमा पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै सङ्गठन निर्माणको चरणलाई समयमा पूरा गर्न राष्ट्रव्यापी अभियान सञ्चालन, केन्द्रीय सदस्यको नेतृत्वमा विभिन्न संरचना बनाउने र जिल्ला समितिको सहयोगका लागि कार्यदल गठन गर्नेबारे छलफल भएको छ ।
जारी बैठकले मुख्यतयाः सभापति रवि लामिछाने माथि भएको सहकारी ठगीको आरोपमा गरिएको गिरफ्तारी र संविधान संशोधनबारे दलको धारणा तय गर्ने जनाइएको छ ।
शनिबारको बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्लेले समसामयिक राजनीति र पार्टी गतिविधिबारे जानकारी गराएका थिए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्छ : प्रस्तावित न्यायधीश पाण्डे