
पुस २२ :
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका छन् ।
उनलाई अध्यक्ष पुष्पकमल दाहालसँगै पहिलो लहरमा बस्ने व्यवस्था मिलाइएको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव अघिल्लो लहरमा बसेका छन् भने उपमहासचिवहरू पछिल्लो लहरमा छन् ।
माओवादीको केन्द्रीय समिति बैठक आज (आइतबार) बाट पार्टी कार्यालय पेरिसडाँडामा जारी छ ।
पूर्वउपराष्ट्रपति पुन यस अघि पनि पार्टी बैठकमा सहभागी भएका थिए ।
बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने र पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम छ ।
यसअघि आजै बिहान स्थायी कमिटी सदस्यहरूले नयाँ सङ्गठनात्मक सिद्धान्तको विकास गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका थिए ।