
पोखरा, पुस २६ :
पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । त्यसैगरी
लिला पछाईलाई ३७ लाख,रामबहादुर खनाललाई १५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । यसैगरी कृष्ण गुरुङ १ लाख, मीना गुरुङ र आरती गुरुङलाई पाँच पाँच लाख रुपयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो ।