पोखरा, पुस २६ :

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका ७ जना आरोपी मध्ये कृष्ण गुरुङ,मीना गुरुङ र आरती गुरुङ धरौटी बुझाएर छुटेका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले आज कृष्ण गुरुङलाई १ लाख,मीना गुरुङ र आरती गुरुङलाई पाँच पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसंगै उनीहरु छुटेका हुन् ।

अदालतको आदेश लगत्तै धरौटी वापतको रकम जम्मा गरेर उनीहरु छुटेका हुन् ।

अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेलाई  ६५ लाख रुपैयाँ, पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । त्यसैगरी

लिला पछाई ३७ लाख,रामबहादुर खनाललाई १५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । रास्वपा सभापति रवि लामिछाने पनि आजै छुटेका छन् । 

कास्कीमा छुटे लगत्तै काठमाडौं लैजान प्रहरीले पक्राउ गर्ने भनिएकोमा  जिल्ला अदालत काठमाडौमा आफैं उपस्थित हुन जाने बताईएको छ ।

उनले कास्की जिल्ला अदालतले धरौटी मागे अनुसार बैंक ग्यारेन्टी बुझाएका छन् । उनले धरौटी माग भए बराबरको बैंक ज्ञारेन्टी अदालतमा पेस गरेको स्रोतले बताएको छ ।