
पोखरा, पुस २६ :
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीले परिवारलाई जिम्मा लगाएको छ ।
उनलाई पोखरा स्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण पश्चात प्रहरीले प्रक्रिया पुर्याएर परिवारलाई जिम्मा लगाएको हो । अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की अदालतले आज हिरासत मुक्त गरेको छ।
सभापति लामिछाने कास्की जिल्लाको हिरासतबाट ८४ दिन पछी धरौटीमा रिहा हुनुभएको हो।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले आज लामिछाने सहित छविलाल जोशी,लिला पछाई,रामबहादुर खनाल,कृष्ण गुरुङ,मीना गुरुङ र आरती गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको हो ।