
काठमाण्डौं, पुस २९ :
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा उपस्थित हुदैछन् ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी आज जिल्ला अदालत काठमाण्डौंमा हाजिर हुन लागेका हुन्।
लामिछाने विरुद्ध रुपन्देहीको सुप्रिम सहकारी,पर्साको सानो पाइला सहकारी र चितवनको सहारा चितवनमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भइरहेको बताईएको छ