चितवन, माघ २ :

माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा आजबाट मेला लागेको छ ।

चितवन, तनहुँ र नवलपरासीमा पर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल देवघाट वेणीमा मकर (माघेसङ्क्रान्ति) स्नान गर्न तथा माघेसङ्क्रान्ति मेला भर्न बिहानैदेखि भक्तजनको घुँँइचो लागेको छ ।

त्रिशूली नदीको झोलुङ्गे पुलमा एकपटकमा एक सय यात्रुमात्र हिँड्ने व्यवस्था मिलाइएको छ । वैकल्पिक मार्गका रूपमा बेणीमा प्रशस्त मात्रामा डुङ्गाहरूको व्यवस्था गरिएको छ ।


मेला अवधिमा सवारी साधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर- ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र देवघाट- बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको छ ।