बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

माघे सङ्क्रान्ति : मठ-मन्दिरमा भक्तजनको घुइँचो [तस्बिरमा]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ माघ, २०८१ मा प्रकाशित
माघे सङ्क्रान्ति : मठ-मन्दिरमा भक्तजनको घुइँचो [तस्बिरमा]
काठमाडौं, माघ २ :

आज माघे सङ्क्रान्ति पर्व । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले आजको दिनलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।

आज देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । यसैगरी काठमाडौं उपत्यकाभित्र रहेका शिवालय तथा मठ-मन्दिरहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

आजदेखि सूर्य उत्तरायण हुने भएकाले उत्तरायण सुरु हुने दिनमा स्नान, जप, तप, ध्यान साधना, दान आदि गरेमा पुण्य मानिन्छ ।

यसैबीच तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तील दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

माघे सङ्क्रान्तिका दिन घिउ, चाकु, तिलका परिकार, खिचडी नखाए, दान नगरे, जलाशयमा गई स्नान नगरे व्यक्ति जीवनभर रोगी हुने विश्वास रही आएको छ ।

हेरौं थप तस्बिर :

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार