चितवन, माघ २ :

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।राष्ट्रिय निकुञ्जसँगैको रिउ खोला नजिकै (आज) मंगलबार दिउँसो भैंसी चराउन गएका ब्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।

चितवन प्रहरीका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका-३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको थियो । चितवनमा वर्षेनी गैँडा र हात्तीको आक्रमणबाट दर्जनभन्दा बढीको ज्यान जाने गरेको छ ।