काठमाडौँ, माघ ३ :

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।

आज दिउँसो देशभर मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यस्तै, आज राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू- भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। 

राति नै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। 

तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लाग्ने र दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।