बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

स्वर्णलक्ष्मी सहकारी प्रकरण : रविको तर्फबाट बहस सुरु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ माघ, २०८१ मा प्रकाशित
स्वर्णलक्ष्मी सहकारी प्रकरण : रविको तर्फबाट बहस सुरु
काठमाडौं, माघ ३ :

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकाे तर्फबाट काठमाडौं जिल्ला अदालतमा बहस सुरु भएको ।

प्रतिवादी लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले बहस थालेका छन्।न्यायाधीश माधवप्रसाद घिमिरेको इजलसामा पुस २९ गते सोमबारदेखि थुनछेक बहस जारी छ।    

सरकारी वकिलको तर्फबाट बहस सकिए पनि लामिछानेका तर्फका वकिलको बहस बाँकी रहेको थियो । सुरुवाती बहस सरकारी वकिलहरुबाट भएको थियो । सरकारी वकिलहरू खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापा लगायतले बहस गरेका छन्। सरकारी वकिलहरूले प्रतिवादी (रवि लामिछाने) लाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् ।

लामिछानेविरुद्द सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा भएकोको हुँदा प्रतिवादीलाई अहिले नै थुनाबाहिर राख्दा प्रमाण नष्ट हुने सरकारी वकिलहरुको तर्क थियो। सरकारी वकिलहरुले कास्की जिल्ला अदालतको आदेशलाई पनि ख्याल गर्दै थुनाबाट छाड्न नहुनेमा जोड दिएका छन् । 

गत पुस २८ गते रवि आफैँ अदालतमा उपस्थित भएर बयान दिएका थिए ।सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा हिरासतमुक्त भएका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार