मकवानपुर, माघ ४ :

मकवानपुरको राक्सिराङ गाउँपालिका ५, चैनपुरबाट प्रहरीले २१२ किलो गाँजा बरामद गरेको छ ।

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ बा.१०च ७७५८ नम्बरको बोलेरो गाडी छाडेर चालक फरार भएपश्‍चात गाडी तलासी गर्दा प्लास्टिकमा बेरिएको २० वटा पोकामा बिहीबार गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।