बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
कर्पोरेट खेलकुद

नागार्जुन कलेजलाई तेस्रो बीसीए अन्तर-कलेज फुटसलको उपाधि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ माघ, २०८१ मा प्रकाशित
नागार्जुन कलेजलाई तेस्रो बीसीए अन्तर-कलेज फुटसलको उपाधि
काठमाडौं, माघ ४ :

ललितपुरस्थित डीएभी कलेजले तेस्रो बीसीए अन्तर-कलेज फुटसल कपको उपाधि नागार्जुन कलेजले उचालेको  छ । नागार्जुनले उपाधिसँगै कप र नगद पुरस्कार एक लाख पचास हजार रुपैयाँ हात पार्‍यो ।

विजेताहरुलाई त्रिशूली भिल्लाले फ्रि र्‍याफ्टिङ प्याकेज  प्रदान गरेको छ । त्यसैगरी रनर-अप स्थान हासिल गर्दै पास्कल कलेजले ७५ हजार रुपैयाँसहित रनर-अप ट्रफी हात पार्‍यो । प्रतियोगितामा पास्कल कलेजका आभाष योञ्जनले वेस्ट प्लेयर अवार्ड हात पारे ।

नागार्जुन कलेजका खेलाडीद्वय ऋषभ श्रेष्ठले वेस्ट गोलकिपर अवार्ड र श्रेवन श्रेष्ठले वेस्ट स्कोर अवार्ड जित्न सफल भए । विजेता र उप-विजेता दुवै टोलीलाई मेडलसहित मेरिट सर्टिफिकेटद्वारा समेत सम्मान गरियो ।

डीएभी कलेजकै फुटसल ग्राउन्डमा पुस २९ देखि माघ २ गतेसम्म भएको प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका बीसीए कलेज सम्बद्ध २४ टिमको सहभागिता थियो ।

टुर्नामेन्टको उद्घघाटन सत्रमा, लुम्बिनी बुटवलका स्ट्राइकर जिलेस्पीजंग कार्की, डीएभी कलेजका अध्यक्ष अनिल केडिया, त्रिवि मानविकी तथा सामाजिक विज्ञान संकायका सहायक डिन चिरञ्जीवी आचार्य, डीएभी कलेजका चिफ एकेडेमिक एड्भाइजर एसोसिएट प्रोफेसर मनोजकुमार चौधरी, शिलापत्र डटकमका अध्यक्ष विनय खकुरेल, त्रिशूली भिल्लाका जनरल म्यानेजर सन्देश दवाडी  र बीसीए कलेजका एकेडेमिक हेड शशिभूषण चतुर्वेदी सहभागी थिए ।

उद्घघाटन सत्रमा सहभागी कलेजहरूका प्रतिनिधि शिक्षक र कर्मचारीहरूको पनि उपस्थिति थियो । बीसीए कलेजहरूबीच प्रथमपटक आयोजना गरिएको बीसीए कप मेन्स इन्टरकलेज फुटसल टुर्नामेन्टलाई निरन्तरता दिँदै तेस्रो संस्करण आयोजना गरिएको डीएभी कलेजले जनाएको छ । प्रतियोगिता वीज्जीडीएभी इभेन्ट क्लबको आयोजना र डीएभी कलेजको समर्थनमा सञ्चालन गरिएको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार