काठमाडौँ, माघ ५ :

सङ्घीय संसद् अन्तर्गत आज दुई वटा समितिका बैठक बस्दै छन् । 

बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको काम कारबाहीको हालको अवस्थाका बारेमा छलफल  हुने छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १०ः ३० बजे बस्ने छ । आजको बैठकमा पुरानै एजेन्डा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने समितिले जनाएको छ ।

यि दुवै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने संसद् सचिवालयले जनाएको छ ।