काठमाडौँ, माघ ७ :

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

अहिले बिहान कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू- भागमा आंशिक बदली तथा बाँकी भू- भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका धेरै भू- भागहरूमा हुस्सु र कुहिरो लागिरहेको महाशाखाले जनाएको छ।

आज  दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू- भागमा आंशिक बदली हुने सम्भावना छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। 

बाँकी प्रदेशमा आज सामान्यतया मौसम सफा रहनेछ।

बिहान तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरो रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।