बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

मौसम : तराईका धेरैजसो भू- भागमा हुस्सु, उच्च स्थानमा हल्का हिमपातको सम्भावना

सक्रिय न्यूज संवाददाता · आइतबार, ७ माघ, २०८१ मा प्रकाशित
मौसम : तराईका धेरैजसो भू- भागमा हुस्सु, उच्च स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौँ, माघ ७ :

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

अहिले बिहान कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू- भागमा आंशिक बदली तथा बाँकी भू- भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका धेरै भू- भागहरूमा हुस्सु र कुहिरो लागिरहेको महाशाखाले जनाएको छ।

आज  दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू- भागमा आंशिक बदली हुने सम्भावना छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। 

बाँकी प्रदेशमा आज सामान्यतया मौसम सफा रहनेछ।

बिहान तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरो रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार