
काठमाडौं, माघ ७ :
नेपालको पुरुष र महिला दुवै टिमले भारतको नयाँदिल्लीमा भएको प्रथम खो-खो विश्वकप प्रतियोगितामा उपविजेतामै चित्त बुझाएको छ । महिला र पुरुष दुवै टिमको विजेता भने भारत नै भएको छ ।
इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा आइतबार सम्पन्न फाइनलमा नेपाली महिला र पुरुष दुवै टिम आयोजक भारतसँग पराजितपछि दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भयो । नेपालको पुरुष टिमले फाइनलमा ५४–३६ स्कोरले पराजित हुँदै उपविजेता बन्यो ।
महिलातर्फको फाइनलमा पनि नेपाली टिम भारतसँगै पराजित भयो । नेपाली महिला टिमलाई भारतको महिला टिमले फाइनल खेल ७८–४० ले पराजित गर्यो ।