सुनसरी, माघ ८ :

धरान उपमहानगरपालिका- ११ मा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

आज दिउँसो १ बजे धरान- उपमहानगरपालिका- ११ स्थित कुर्विता चोकबाट सिमाना चोकतर्फ जाँदै गरेको प्र.१- ०१- ००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा धरान- ११ बस्ने ८६ वर्षका वीरबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन्। 

ट्रक चालक धरान उपमहानगरपालिका- ८ का ४८ वर्षका सन्तवीर श्रेष्ठलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।