बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश मधेस प्रदेश

रसुवागढी नाका क्षेत्रमा अपराधिक गतिविधि रोक्न नेपाल र चीनका अधिकारीबीच सहमति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ माघ, २०८१ मा प्रकाशित
रसुवागढी नाका क्षेत्रमा अपराधिक गतिविधि रोक्न नेपाल र चीनका अधिकारीबीच सहमति
रसुवा, माघ ९ :

नेपालको उत्तरी रसुवागढी नाका क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि रोक्न तथा गल्ती गर्ने उपर कानुनी कारबाही अगाडि बढाउने विषयमा नेपाल र चीनको सीमा क्षेत्रका अधिकारीबीच सहमति भएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी तथा मित्र राष्ट्र चीनको केरुङ प्रान्तका प्रशासकसहित भएको सीमा सुरक्षासम्बन्धी बैठकमा केरुङ नाकामा कुनै पनि गैरकानुनी क्रियाकलाप हुन नदिन, व्यापार व्यवसायलाई सहज पार्न तथा नाकालाई व्यवस्थित र मर्यादित बनाउन दुवै पक्षबीच सहमति भएको हो ।  

बैठकमा नेपालको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र चीनको तर्फबाट झु जिन सुईले गरेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । 

केरूङमा काम गर्ने नेपालीको पूर्ण सुरक्षा गर्ने, अवैध रूपमा सुन तथा अखेटोपहार ओसारपसार पूर्णरूपमा नियन्त्रण गर्ने, त्यस्ता कार्यमा संलग्न व्यक्ति उपर कानुनी प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको प्रजिअ पौडेलले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार