काठमाडौँ, माघ १० :

आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छन् । 

बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । 

बैठकमा  नेपालमा हिउँदको समयमा  हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल हुनेछ । 

पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे नै बस्ने छ । बैकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । 

बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।