राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, माघ ११ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ ।

बैठक आज दिउँसो एक बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे छलफल हुने राप्रपा प्रचार विभागले जनाएको छ ।

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि सुरु हुँदैछ ।