बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति

थुनछेक बहसमा उपस्थित लामिछानेलाई परिवारको जिम्मा लगाएकामा सरकारी वकिलको आपत्ति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ माघ, २०८१ मा प्रकाशित
थुनछेक बहसमा उपस्थित लामिछानेलाई परिवारको जिम्मा लगाएकामा सरकारी वकिलको आपत्ति
बुटवल, माघ ११ :

सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा अभियुक्त रवि लामिछानेलाई बुधबार परिवारको जिम्मा लगाएकामा सरकारी वकिलले आपत्ति जनाएका छन् ।  

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलले बहस नसकिँदै परिवारको जिम्मा लगाएको भन्दै न्यायाधीश प्रह्लादकुमार योगीलाई थुनछेक बहसको औचित्यमाथि प्रश्न उठाएका हुन् । कसुरदार रहेको पर्याप्त प्रमाण रहेको र उनलाई हिरासतमै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेमा न्यायाधीशले परिवारको जिम्मामा पठाएको भन्दै आपत्ति जनाए ।

न्यायाधीश भने यस्ता प्रचलन पहिले पनि रहेको तर्क गरेका थिए । अहिले नै कसुरदार ठहर भई नसकेको अवस्थामा उनलाई परिवारकै जिम्मामा रिहा गर्नु उचित हुने रवि पक्षका वकिलको तर्क छ । अहिले सरकारी वकिलको तर्फबाट बहस भइरहेको छ ।

खाजा ब्रेकसम्म जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल, सहायक जिल्ला न्यायाधिवक्ताहरू गोकर्णराज घिमिरे, सुनील लामिछाने, वसन्तराज पोख्रेल र पवित्रा भण्डारीले बहस गरेका छन् ।

त्यसपछि उच्च सरकारी वकिल कार्यालय बुटवलका प्रमुख सहन्यायाधिवक्ता सोमकान्ता भण्डारी, उपन्यायाधिवक्ताद्वय प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गर्नेछन् ।

सरकारी वकिलको बहसपछि जाहेरवालाका तर्फबाट बहस हुनेछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । सरकारी वकिल र जाहेरवालाका तर्फबाट जवाफी बहस भएपछि थुनछेकको आदेश आउने सम्भावना छ ।

लामिछाने केही दिनअघि मात्र सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख र स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् । उनीविरुद्ध सहकारीको रकम अपलचनको विषयमा अन्य जिल्लामा पनि मुद्दा दायर भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार