काठमाडौँ, माघ १२ :

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । 

बैठक आज बिहान ११ बजे काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा बस्नेछ । 

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल हुने  राप्रपा प्रचार विभागले जनाएको छ । 

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरूमाथि छलफल गर्न बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।