काठमाडौँ, माघ १४ :

नेपाली काँग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ ।

बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा आज (आइतबार) दिउँसो २ बजे बस्ने भएको हो ।

संसद् बैठक माघ १८ गतेदेखि सुरु हुने भएकाले त्यसअघि आफ्नो धारण बनाउन तयारीस्वरुप काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

सरकारले केही विधेयक संसद्‌मा पेस गर्ने तयारी गरेको छ । सरकारमा सहभागी दलहरू ती विधेयक पारित गर्ने तयारी छन् ।

संसदीय दलको बैठकअघि शनिबार सभापति देउवाले पदाधिकारी, पूर्वपदाधिकारी, सांसद, पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँगको छलफलमा संसदमा दर्ता भएका विधेयक र अध्यादेशको पक्षमा एकढिक्का हुन निर्देशन दिएका थिए।