
काठमाडौँ, माघ १४ :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।
शुक्रबारदेखि काठमाडौँको धुम्बाराहीस्थित एक ब्याङ्क्वेटमाजारी बैठक हिजोसम्मका लागि तय गरिएको भएपनि सदस्यहरूको बोल्ने क्रम नसकिएकाले आजसम्म लम्बिएको प्रचार विभागले जनाएको छ ।
बोल्न बाँकी सदस्यहरूले आजको बैठकमा धारणा राख्नेछन् ।
जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र साङ्गठनिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।