
काठमाडौँ, माघ १४ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भोलि बस्ने भएको छ ।
रास्वपाले सोमबार बिहान ११ः ३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक आह्वान गरेको हो ।
बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुने जनाइएको छ।