बुटवल, माघ १४ :

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । 

आज (आइतबार) सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूको थुनछेक बहस सकिए लगत्तै जवाफी बहस भएको थियो।

लामिछानेलाई थुनामा पठाउने कि नपठाउने भन्ने अदालबाट आदेश हुनेछ ।न्यायाधीश प्रह्ललादकुमार योगीको इजलासमा तीन दिनदेखि बहस जारी रहेको थियो ।

पूरक अभियोगमा प्रतिवादी बनाइएका लामिछानेसहित २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो कायम गरिएको छ। रविसँग मात्रै  ४ करोडभन्दा बढी बिगो माग दाबी गरिएको छ । 

यसअघि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख धरौटी बुझाएर थुनामुक्त भएका थिए ।