शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

राजदूत पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि सघाउन कतारसँग अनुरोध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ माघ, २०८१ मा प्रकाशित
राजदूत पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि सघाउन कतारसँग अनुरोध
माघ १५ :

कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेलले प्यालेस्टाइनको गाजामा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि सहजीकर्ताको भूमिका निर्वाह गर्न कतारका महामहिम अमिरशेख तमिम बिन हमाद अल थानीसमक्ष अनुरोध गरेका छन् ।

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम गर्न मध्यस्थताको लागि अमिर र कतार सरकारले निर्वाह गरेको नेतृत्वदायी भूमिकाप्रति आभार व्यक्त गर्दै जोशीको रिहाइका निम्ति सहयोग गर्न आग्रह गरेको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत पौडेलले आइतबार कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि भएको शिष्टाचार भेटमा उक्त आग्रह गरेका हुन् । 

उनले गत अप्रिल २० मा अमिरबाट भएको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट अमिरको सुस्वास्थ्यका साथै कतार र त्यहाँका जनताको निरन्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।

कतारी अमिरले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूतलाई कतार सरकारले हरसम्भव सहयोग गर्ने जानकारी दिए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार