
काठमाडौँ, माघ १५ :
नेपाली काँग्रेस संसदीय दलको बैठक आज (साेमबार) पनि बस्दै छ ।
हिजो दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ ।
बैठकमा संसद्को हिउँदे अधिवेशन, एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका विषयमा छलफल चलिरहेको छ ।
बैठकमा विधेयकका विषयमा एकजुट र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने, संसदमा पेश भएका विधेयक तिव्रताका साथ पारित गर्ने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
सङ्घीय संसदका दुवै सदनको अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछन् ।