काठमाडौँ, माघ १६ :

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज बिहान कोशी प्रदेशको पहाडी भू- भागमा आंशिक बदली तथा बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका धेरैजसो भू- भागमा हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू- भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएको छ ।