बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

आशिका तामाङ शुक्रबारसम्म प्रहरी हिरासतमै रहने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ माघ, २०८१ मा प्रकाशित
आशिका तामाङ शुक्रबारसम्म प्रहरी हिरासतमै रहने
भक्तपुर, माघ १६ :

थुनछेक बहस नसकिएपछि आशिका तामाङलाई प्रहरीको जिम्मा लगाइएको छ । भक्तपुर जिल्ला अदालतले आगामी शुक्रबार अदालतमा उपस्थित गराउने गरी तामाङलाई प्रहरीको जिम्मा लगाएको हो। समय अभावका कारण थुनछेक बहस हुन नसकेपछि अदालतले शुक्रबारसम्मका लागि तामाङलाई प्रहरीको जिम्मा लगाएको हो।

उनलाई थुनछेक बहसका लागि मंगलबार जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिल कार्यालय भक्तपुरमार्फत अदालतमा उपस्थित गराएको थियो।

तामाङ अभद्र व्यवहारको आरोपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सोमबार १० हजार रुपैयाँ धरौटी बुझाएर छुटेकी थिइन्। त्यसलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई अर्को कसुरको अभियोगमा जिल्ला प्रहरी परिसर भक्तपुरलाई बुझाएको थियो।

तामाङमाथि आपराधिक उपद्रव गर्न नहुने कसुरमा भक्तपुरमा मुद्दा चलाइएको छ। उनले काठमाडौँ-भक्तपुर सीमानाको साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरुसँग २० रुपैयाँ कर सङ्कलन गर्ने कार्यको विरोध गरेकी थिइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार