सिराहा, माघ १७ :

तराईका विभिन्न जिल्लामा हुस्सु र कुहिरोले गर्दा जनजिवन प्रभावित बनेको छ । 

 

चिसो र हुस्सुले गर्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ । 

चिसो बढेसँगै ज्येष्ठ नागरिक,बालबालिकाहरु बढी प्रभावित भएका छन् । 

ज्याला मजदुरी गरी खानेहरुलाई समेत समस्या भएको छ । साथै हुस्सु र कुहिरोले गर्दा सवारी चलाउन समेत गाह्रो हुने गरेको छ ।