
के तपाईंले कहिल्यै सोच्नुभएको थियो, यदि तपाईंको डिजिटल वालेटले तपाईंलाई तत्काल ऋण उपलब्ध गराउने क्षमता राख्थ्यो भने कति सहज र सुविधाजनक हुन्थ्यो ? इसेवाले इजिलोनका साथ तपाईंको यो सपनालाई केही महिनाअघि नै यथार्थमा परिणत गरिसकेको छ ।
व्यवसाय सञ्चालन गर्न रकम अभाव भए वा अनपेक्षित खर्चका लागि पैसाको आवश्यकता परेको बेला बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया झन्झटिलो प्रक्रिया छ । इजिलोन आएसँगै यो कुराको धेरै हदसम्म समाधान भएको र व्यापारिक सहजता धेरै बढाएको इसेवा एजेन्टहरुको भनाइ रहेको छ ।
यसै सहजतालाई अझ थप सहज बनाउन इसेवा र गुडबिल फाइनान्सबीच सहकार्य भएको छ । इसेवाले गुडबिल फाइनान्स लिमिटेडको सहकार्यमा एजेन्टहरुलाई अब ३० हजार रुपैयाँदेखि दुई लाखसम्म इजिलोन प्रदान गर्ने भएको छ ।
इजिलोन सुविधाका साथ इसेवाले वित्तीय प्रविधिको क्षेत्रमा भित्र्याएको नयाँ आयामले अर्को दिशा पाएको छ । साना तथा मझौला व्यवसायीहरूको आर्थिक आवश्यकतालाई मध्य नजर गर्दै इसेवाले इजिलोनको सुरुवात गरेको थियो ।
अबको यो कदमले एजेन्टहरुलाई झन् सहज बनाएको इसेवाका वित्तीय सेवाका हेम घिमिरे बताउँछन् । व्यक्तिगत आवश्यकता पूर्ति गर्न होस् वा आफ्नो व्यवसाय विस्तार गर्न यस इजिलोनले मर्चेन्टहरुको जिवनलाई थप सहज र धेरै हदसम्म तनावमुक्त बनाउने उनको भनाइ छ ।
त्यसैगरी इजिलोन छिटो, भरपर्दो, सुरक्षित र पारदर्शी भएको र आवेदन प्रक्रिया निकै सहज हुनुको साथै इजिलोन एजेन्टहरूको व्यावसायिक सफलताका लागि तयार पारेका कुरामा समेत जोड दिएका छन् ।
इसेवा लिमिटेड सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । मोबाइल तथा इन्टरनेट बैंकिङको सफ्टवेयर प्रदायक कम्पनीमा नेपालकै अग्रणी स्थानमा रहेको एफ वान सफ्ट इन्टरनेसनलको एक सहायक कम्पनीका रुपमा सुरु भएको इसेवाले सन् २०१२ मा छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ ।
हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको इसेवा सहरी केन्द्रमा मात्र सीमित नभएर हाल यस कम्पनीको उपत्यका बाहिर पनि आठवटा शाखा कार्यालय र ३ वटा सम्पर्क कार्यालय छन् ।
मोबाइल टपअपबाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल/कलेजको शुल्क, होटेल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लुबुक नवीकरण, इन्स्योरेन्सलगायत दुई हजारभन्दा बढी सेवाको शुल्क भुक्तानी, इजिलोन, इस्पिकर , मर्चेन्ट लिंक सुविधा दिँदै आएको छ ।