बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ माघ, २०८१ मा प्रकाशित
अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी
काठमाडाैं, माघ १७ :

नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी हेमन्त राईलाई पराजित गर्दै सापकोटा ७१ मतले विजयी भएका हुन् ।

सापकोटाले ६८६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी हेमन्त राईले ६१५ मत पाएका थिए । अध्यक्षका अर्का उम्मेदवार उपदेश कुमार यादवले ३ सय १० र सुदिन पौडेलले १ सय ९२ मत प्राप्त गरेका छन् ।सापकोटा पार्टी अध्यक्ष पुष्पकमल प्रचण्डनिकटका हुन् भने पराजित उपमहासचिव जनार्दन शर्मानिकट हुन् ।

अध्यक्ष प्रचण्डलाई उपमहासचिव  शर्माले विद्यार्थीको चुनावबाट थप धक्का दिएका छन् । चुनावमा हेडक्वार्टरनिकट भनेर प्रचार गरिएका अधिकांश पदाधिकारी पराजित भएका छन् । उपाध्यक्षमा शर्मापक्षले धेरै सिट जितेको छ । 

उपाध्यक्षमा ममता अधिकारी, अटल आचार्य, मदन ढकाल, विराज थापा,  दीपा जैशी, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार, अभिमन्यु यादव र उमेश कंडेल निर्वाचित भएका छन् । यीमध्ये अधिकारी, पुन, सुनार, यादव र कँडेल शर्मापक्षका हुन् ।  

क्रान्तिकारीको चुनावमा पार्टीका बहुमत पदाधिकारीहरू अध्यक्ष प्रचण्डसँग मिल्दा पनि शर्मा एक्लैले विद्यार्थीमा बहुमत ल्याएका छन् ।  महासचिवमा शर्मानिकट रोशन थापामगर विजयी भएका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार