
काठमाडौँ, माघ १८ :
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दैछ।
बैठक सिंहदरबारस्थित संसदीय दल कार्यालयमा दिउँसो एक बजे बस्ने छ ।
बैठकमा भोलि शुक्रबारदेखि सुरु हुने संसद् अधिवेशनबारे छलफल हुने दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।