बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार विदेश

वासिङ्टन डिसी नजिकैको रेगन विमानस्थलमा अवतरण गर्ने क्रममा सेनाको हेलिकप्टरसँग यात्रुबाहक विमान ठोक्कियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ माघ, २०८१ मा प्रकाशित
वासिङ्टन डिसी नजिकैको रेगन विमानस्थलमा अवतरण गर्ने क्रममा सेनाको हेलिकप्टरसँग यात्रुबाहक विमान ठोक्कियो
काठमाण्डौं, माघ १८ :

अमेरिका वासिङ्टन डिसीमा अमेरिकन एयरलाइन्सको एउटा विमान हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए)ले जनाएको छ ।

सो दुर्घटना पोटोम्याक नदीमा भएको बताईएको छ । वासिङ्टन नजिकैको रोनाल्ड रेगन नेसनल एयरपोर्टमा अवतरण गर्ने क्रममा  ६० जना यात्रु र चालक दलका चार सदस्य बोकेको विमान सेनाको हेलिकप्टरसँग ठोक्किएो हो ।

विमानमा ६० जना यात्रु र चालक दलका चार सदस्य सवार रहेको  र  तीन जना अमेरिकी सैनिक सैनिकको हेलिकप्टरमा सवार रहेको बीबीसीले उल्लेख गरेको छ ।

प्रहरी गोताखोर र डुङ्गाहरूले बाँचेकाहरूको खोजी गरिरहेका छन् । दुर्घटनाको अमेरिकी अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

स्थानीय समयअनुसार राति करिब ९ बजे रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलको रनवेमा दुर्घटना भएको हो  ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भयानक दुर्घटना बारे आफूलाई जानकारी दिइएको र आपतकालीन उद्धारकर्ताहरूलाई उनीहरूको अविश्वसनीय कामका लागि धन्यवाद दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार